विमानमा आगलागी भएपछि साउथेन्ड विमानस्थल बन्द
सारांश
- लन्डनको साउथेन्ड विमानस्थलमा उड्न लागेको व्यापारिक विमान दुर्घटना हुँदा विमानस्थल बन्द गरिएको छ।
- आइतबार भएको आगलागीमा 'बीच बी २०० सुपर किंग एयर' विमान दुर्घटनाग्रस्त भएको बताइएको छ।
- दुर्घटनाग्रस्त विमानमा कति यात्रु थिए भन्ने स्पष्ट नभएको र यात्रुहरूलाई अद्यावधिक जानकारी गराइनेछ।
लन्डन । लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । उड्नै लागेको बेलामा सानो आकारको व्यापारिक विमान दूघर्टना ग्रस्त भएको थियो । यस घटनापछि आकाशमा कालो धुवाँको बादल देखिएको थियो र विमानस्थलमा भागाभाग भएको थियो ।
आइतबार आगलागी भएको विमान ‘बीच बी २०० सुपर किंग एयर’ भएको बताइएको छ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट राडारका अनुसार विमान रनवेबाट उड्ने बित्तिकै केही बेरमै दुर्घटना ग्रस्त भएको थियो ।
दूघर्टनाको समयमा विमानमा कति जना थिए भन्ने स्पष्ट भएको छैन । अर्को सूचना जारी नभएसम्म उडानहरू स्थगित रहने र यात्रुहरूलाई अद्यावधिक जानकारी गराइने विमानस्थल प्रशासनले बताएको छ ।
सोमबार यात्रा गर्ने योजना बनाइरहेका मानिसहरूलाई आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ । दुर्घटनाग्रस्त उडान एसयूजेड १ आफ्नो भएको पुष्टि डच कम्पनी ज्यूस एभिएसनले गरेको छ ।
अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको भन्दै कम्पनीले यस घटनाबाट प्रभावित सबैप्रति समवेदना रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण