ललितपुरबाट ५ लाख १९ हजार नगदसहित ११ जना जुवाडे पक्राउ
सोमबार, ३० असार २०८२, १२ : ०४
सारांश
- ललितपुरको कोणबहालमा प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ।
- प्रेम महर्जनको घरमा छापा मारेर प्रहरीले ५ लाख १९ हजार ९ सय नगद बरामद गरेको छ।
- पक्राउ पर्नेमा घरधनीसहित विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्।
काठमाडौँ । ललितपुर महानगरपालिका–१६ स्थित कोणबहालबाट प्रहरीले ११ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रेम महर्जनको घरमा सञ्चालित जुवा खालबाट ५ लाख १९ हजार ९ सय नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
आइतबार साँझ ललितपुर परिसरबाट खटिएको टोलीले जुवा खालमा छापा मारेको थियो । जुवा खालबाट पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, ललितपुर घर भएका रवीन्द्र दाहाल, शंखर माली, चौठीमुनी बज्राचार्य, फुर्वा शेर्पा, कल्याण तामाङ, काभ्रे घर भएका केशव नेपाल, चितवन घर भएका वीरबहादुर वाइबा, ललितपुर घर भएका दिलेक बज्राचार्य, काठमाडौँ घर भएका गोकुलप्रसाद चौलागाईं र लक्ष्मी सुब्बा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण