काठमाडौँ महानगरले सञ्चालन गरेको पार्किङमा सुरुको २ घण्टा नि:शुल्क
सारांश
- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि पार्किङ शुल्क लागु गर्ने भएको छ।
- महानगरले दुई घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ।
- अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग हुने सवारी साधनमा भने पार्किङ शुल्क लाग्ने छैन।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ शुल्क तोकेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐनमा काठमाडौँ महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थलमा पहिलो दुई घण्टा पार्किङ गरेको शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
प्रस्तावित ऐनमा भनिएको छ– ‘पहिलो दुई घण्टा शुल्क नलाग्ने, दुई घण्टा भन्दा बढी पार्किङ गरेमा सुरु समय देखिकै दुई पाङग्रेका लागि प्रति तिस मिनेटको पन्ध्र रुपैयाँका दरले र चार पाङग्रेका लागि प्रति तिस मिनेटको पच्चिस रुपैयाँका दरले शुल्क लाग्नेछ ।’
यस्तै अपाङ्गता भएका व्यक्तिको लागि प्रयोग हुने सवारी साधनमा शुल्क नलाग्ने महानगरको आर्थिक ऐनमा रहको छ । काठमाडौँ महानगरपालिकाले अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन हुने पार्किङ स्थलको हकमा सम्झौतामा उल्लेख गरे बमोजिम पार्किङ शुल्क लाग्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण