जनार्दन शर्मालाई ऊर्जा मन्त्री खड्काको प्रश्न– १२ वर्षमा ऊर्जा क्षेत्रको विकासमा के गर्नु भयो ?
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले पूर्वमन्त्री जनार्दन शर्मालाई १२ वर्षको कार्यकालमा के काम गर्नुभयो भनी प्रश्न गरे।
- शर्माले लाइसेन्स कब्जा, विद्युत् खरिद सम्झौता र ऊर्जा विकासमा सरकारको नियतमाथि प्रश्न उठाएका थिए।
- मन्त्री खड्काले ऊर्जा विकासलाई प्राथमिकता दिँदै १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन्।
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री दीपक खड्काले नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई ऊर्जा मन्त्रालयमा १२ वर्ष जिम्मेवारी सम्हाल्दा के–के काम गर्नु भयो भन्दै प्रश्न गरेका छन्।
मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको २३ औ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन ।
ऊर्जा मन्त्री खड्का बोल्नुभन्दा अघि पूर्व ऊर्जा मन्त्री शर्माले मन्त्री खड्कालाई लाइसेन्स कब्जा गर्ने प्रवृत्ति नरोकिएको, किन समयमा विद्युत् खरिद सम्झौता नगरिएको तथा ऊर्जा विकासमा सरकारको नियत ठिक नदेखिएको आरोप लगाएका थिए। तर ऊर्जा मन्त्री खड्का फोनमा व्यस्त भएको देखेपछि अझ मेरो कुरा सुन्नुस्, फोन राख्नुस् भन्दै झर्किएका थिए ।
त्यसैको जवाफ दिँदै ऊर्जा मन्त्री खड्काले आफ्नो पनि शर्मामाथि प्रश्न रहेको बताए । उनले भने,‘ पछिल्लो १२/१२ वर्ष ऊर्जा मन्त्रालय चलाउँदा तपाईँहरूले के गर्नु भयो?’
ऊर्जा मन्त्री खड्काले पछिल्लो समय ऊर्जा मन्त्रालयले कुनै पनि कामलाई नरोके बताए । उनले विगतमा रोकिएर बसेको काम पनि अहिले तीव्र रूपमा अघि बढेको बताए । मन्त्री खड्काले ऊर्जा विकासको मार्गचित्र अनुसार क्रमिक रूपमा काम गरिरहेको उल्लेख गरे ।
उनले भने,‘ नेपालको समृद्धिको लागि ऊर्जा क्षेत्र प्रमुख प्राथमिकतामा परेको छ । अबको १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित मार्गचित्र मन्त्रीपरिषद्ले पास गरेको छ । विद्युत् उत्पादनको विषयमा सरकारको स्पष्ट मार्गचित्र सहित काम थालनी गरेको छ ।’
उनले ऊर्जा मन्त्रालय सम्हालेको १ वर्षमा ३२ सयबाट थप गरी ३६ सय मेगावाटको उत्पादन भयो भन्ने ठाउँमा पुगेको दाबी गरे । उनले अर्को वर्ष थप एक हजार मेगावाट विद्युत् उत्पादन थप हुने बताए ।
ट्रान्समिसन लाइन बनाउन निजी क्षेत्रलाई पनि समावेश गरेर काम गर्ने तयारी भएको उनले बताए । उनले ६४ खर्बको लगानी आवश्यक भएको तर सबै सरकारले लगानी गर्न नसक्ने भन्दै निजी क्षेत्रको लगानी आवश्यक भएको बताए ।
ऊर्जा मन्त्री खड्काले प्राधिकरणले मात्रै विद्युत् खरिद बिक्री गर्ने भन्दा पनि निजी क्षेत्रलाई पनि दिने गरी काम थालनी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण