रुपन्देहीमा सुन चोरीको आरोपमा तीन जना युवा पक्राउ
सारांश
- रुपन्देहीको तिलोत्तमास्थित एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिकाका विष्णु थापा, युसुक गुरुङ र विशाल तामाङ छन्।
- प्रहरीले उनीहरूको साथबाट सुनका गहना बरामद गरेको छ र चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
बुटवल । रुपन्देहीको तिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । गते २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरू चोरी भएकोमा प्रहरीले सुनको गहना सहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुटवल उप–महानगरपालिका वडा नं. ७ का २३ वर्षीय विष्णु थापा, बुटवल उप–महानगरपालिका वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र बुटवल उप–महानगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरीले कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले बताए ।
पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मङ्गलसूत्र १ थान बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण