यौन दुर्व्यवहार मुद्दामा यश दयालको गिरफ्तारीमा अदालतको रोक
बुधबार, ३२ असार २०८२, ०१ : ३१
सारांश
- इलाहाबाद उच्च अदालतले भारतीय क्रिकेटर यश दयालको गिरफ्तारीमा रोक लगाएको छ।
- यश दयालविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा एफआईआर दर्ता भएको थियो।
- अदालतले अर्को सुनुवाइसम्म यश दयालमाथि कुनै दण्डात्मक कारबाही नगर्न निर्देशन दिएको छ।
काठमाडौँ । भारतीय क्रिकेटर यश दयालविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा दर्ता गरिएको एफआईआरपछि उनको गिरफ्तारीमा इलाहाबाद उच्च अदालतले रोक लगाएको छ।
यश दयालका कानुनी प्रतिनिधि गौरव त्रिपाठीले पीटीआईलाई जानकारी दिँदै भने, “अदालतले आरसीबीका खेलाडी यश दयालविरुद्ध अर्को सुनुवाइसम्म कुनै दण्डात्मक कारबाही नगर्न निर्देशन दिएको छ।”
पीटीआईका अनुसार, न्यायाधीश सिद्धार्थ वर्मा र न्यायाधीश अनिल कुमारको संयुक्त इजलासले यश दयालद्वारा एफआईआर खारेजको माग गर्दै दायर गरिएको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।
गत साता एक महिलाले यश दयालमाथि यौन उत्पीडनको आरोप लगाउँदै गाजियाबादस्थित इन्दिरापुरम प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण