'ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्छ'
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले अत्यावश्यक कानुन बनाउन ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध पुग्ने बताए।
- राष्ट्रपतिले संसदीय गतिविधि जनमुखी बनाउन छलफल, सहमति र सहकार्यको खाँचो औंल्याए।
- उनले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताको आवाज मुखरित गर्ने थलो भएको बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् ।
संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा राष्ट्रपति पौडेलले संसद्मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताएका हुन् ।
उनले भने, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईँहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको बताए ।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद् र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दा बल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण