अपडेट
मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य हो : मन्त्री गुरुङ
बुधबार, ३२ असार २०८२, १४ : १३
सारांश
- मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठनबारे सामान्य प्रक्रिया रहेको बताए।
- उनले स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठनबारे आएका समाचारलाई सामान्य ठाने।
- गुरुङले सरकारले एक वर्षमा उपलब्धिमूलक काम गरेको र अर्थतन्त्रलाई सही दिशा दिएको बताए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य प्रक्रिया रहेको बताएका छन् ।
बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उनले मन्त्रीमण्डल गठन, पुनर्गठन गर्ने कुरा ठुलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गरेको बताए ।
एक वर्ष आफूहरूले कुनै दायाँबायाँ नभई र उतारचढाव नभई बिताएको पनि उनले बताए । सरकारले एक वर्षको समयमा उपलब्धिमूलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण