मेस्सीको पाइला पछ्याउँदै यामालद्वारा बार्सिलोनाको ‘नम्बर १०’ जर्सी धारण
सारांश
- बार्सिलोनाका युवा खेलाडी लामिन यामालले क्लबको ऐतिहासिक 'नम्बर १०' जर्सी लगाएका छन्।
- यामालले मेस्सी, रोनाल्डिन्हो र रिभाल्डोजस्ता खेलाडीले लगाउने जर्सी पाउँदा खुसी व्यक्त गरे।
- उनले यसअघि ४१, २७ र १९ नम्बरको जर्सी लगाएका थिए र हालसम्म १०६ खेल खेलिसकेका छन्।
काठमाडौँ । स्पेनिस क्लब एफसी बार्सिलोनाका युवा स्टार लामिन यामालले क्लबको ऐतिहासिक ‘नम्बर १०’ जर्सी धारण गरेका छन् । यो जर्सी पहिला लिओनेल मेस्सी, रोनाल्डिन्हो, रिभाल्डो, र माराडोनाजस्ता महान फुटबलरहरूले लगाएका थिए।
बार्सिलोनाले बुधबार सामाजिक सञ्जालमा यामालको भिडियो सेयर गर्दै लेखेको थियो, ‘हाम्रो नम्बर १०’। १८ वर्षीय यामाललाई क्लबको प्रसिद्ध ला मासिया एकेडेमीबाट विकसित गरिएका प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छ। उनले २०२३ मा मात्र १५ वर्षको उमेरमा पहिलो टिमबाट डेब्यु गरेका थिए, त्यसबेला उनले नम्बर ४१ जर्सी लगाएका थिए।
पछिल्लो सिजनमा यामालले नम्बर २७ जर्सीमा खेलेका थिए, र त्यसपछि मेस्सीले २००५ देखि २००८ सम्म लगाएको नम्बर १९ जर्सी धारण गरेका थिए। अब उनले क्लबको सबैभन्दा प्रतिष्ठित नम्बर १० जर्सी पाएका छन्।
यामालले हालसम्म क्लबका लागि १०६ खेल खेलिसकेका छन्, जसमा ७३ ला लिगा, २३ युरोपियन प्रतियोगिता, ६ कोपा डेल रे र अन्य ४ खेल रहेका छन्। उनले अहिलेसम्म २५ गोल गरेका छन्।
यसअघि अन्सु फातीले सन् २०२१ मा मेस्सी बार्साबाट पीएसजी जानु अघि नम्बर १० जर्सी पाएका थिए। तर चोटपटकका कारण फातीले अपेक्षित प्रदर्शन गर्न नसकेपछि हालै मोनाको क्लबमा लोन मा गएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण