इराकमा सपिङ मलमा भीषण आगलागी, ५० जनाको जलेर मृत्यु
सारांश
- इराकको अल-कुट सहरमा रहेको हाइपर मार्केटमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ।
- सामाजिक सञ्जालमा भाइरल भिडियोमा पाँच तले भवनमा आगो लागेको देख्न सकिन्छ।
- अहिलेसम्म आगलागीको कारण थाहा नभए पनि घटनाको अनुसन्धान भइरहेको छ।
बगदाद । पूर्वी इराकको अल–कुट सहरमा रहेको हाइपर मार्केटमा भएको भीषण आगलागीमा ५० जनाको मृत्यु भएको छ । इराकी समाचार एजेन्सी (आईएनए) ले प्रान्तीय गभर्नरलाई उद्धृत गर्दै यो समाचार छापेको हो ।
यस दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा पाँच तले एक भवनमा आगो लागेको देख्न सकिन्छ । अग्नि नियन्त्रकहरू भने भवनमा लागेको आगो निभाउने कोसिसमा व्यस्त देखिन्थे ।
आईएनएको रिपोर्ट अनुसार, अग्नि नियन्त्रकहरू आगो निभाउनमा व्यस्त छन् भने राहत र उद्धार कार्य भइरहेको छ । घटनास्थलबाट अग्नि नियन्त्रकहरूले कयौँ मानिसको उद्धार गरेको भनिएको छ ।
अहिलेसम्म आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ । प्रान्तीय गभर्नरले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । यसको प्रारम्भिक नतिजा ४८ घण्टा भित्र घोषणा गरिनेछ । घटनालाई ध्यानमा राख्दै, भवन र मलको मालिक विरुद्ध मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण