रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोट विधि, के–के छ प्रावधान ?
सारांश
- रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ।
- उम्मेदवार छनोट कारक मूल्याङ्कन विधि (फ्याक्टर रेटिङ मेथड) अनुसार हुनेछ।
- लिडरसिप एकेडेमीको नतिजा, पोलिटिकल प्रोक्सिमिटी, समावेशी र प्रारम्भिक निर्वाचनलाई आधार मानिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिन उम्मेदवारको छनोट विधि सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी उम्मेदवार छनोट विधि, योग्यताबारे सार्वजनिक गरेको हो ।
उम्मेदवारको अन्तिम छनोट कारक मूल्याङ्कन विधि (फ्याक्टर रेटिङ मेथड) अनुसार विभिन्न पक्षहरूको वस्तुनिष्ठ मूल्याङ्कनलाई आधार मानेर गरिने उपनिर्वाचन संयोजक विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार केन्द्रीय समितिले अनुमोदन गरेको विशेष परिस्थिति बाहेक उम्मेदवारका लागि लिडरसिप एकेडेमीमा वस्तुगत र सफल सहभागिता अनिवार्य हुने स्पष्ट पारे ।
उम्मेदवारको अन्तिम छनोट कारक मूल्याङ्कन विधि (फ्याक्टर रेटिङ मेथड) अनुसार विभिन्न पक्षहरूको वस्तुनिष्ठ मूल्याङ्कनलाई आधार मानेर गरिनेछ । केन्द्रीय समितिले अनुमोदन गरेको विशेष परिस्थिति बाहेक उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमीमा उम्मेदवारको वस्तुगत र सफल सहभागिता अनिवार्य हुनेछ’, उनले भनेका छन् ।
उम्मेदवारका लागि कारक मूल्याङ्कन विधिमा लिडरसिप एकेडेमीको नतिजा २५ प्रतिशत, पोलटिकल प्रोक्सिमिटी २० प्रतिशत, समावेशी ५ प्रतिशत र प्रारम्भिक निर्वाचन ५० प्रतिशत तोकेको छ ।
यसैगरी उम्मेदवारको योग्यता पार्टी विधानको भाग २० को खण्ड ६४ ले उम्मेदवारको योग्यताबारे स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार हुने आचार्यले स्पष्ट पारे । योग्यता
पुगेका पार्टी सदस्यहरू मात्र पार्टीले बनाएको उम्मेदवार छनोट विधिमार्फत राज्यका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन योग्य हुने उनले बताए । जसअनुसार प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेस गरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागूऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको ।
अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध, अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण