पोखरामा छात्रवृत्ति पारदर्शी बनाउन र भर्ना शुल्क लिनेलाई कारबाही गर्न नेविसंघको माग
सारांश
- नेविसंघ पोखराले भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएको छ।
- शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीका गुनासो सम्बोधन गर्न नेविसंघले महानगरसँग माग गरेको छ।
- माग पूरा नभए शैक्षिक आन्दोलन गर्ने चेतावनी दिँदै विद्यालय बन्दसम्म गर्ने नेविसंघको चेतावनी छ।
पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले पोखराका विद्यालय तथा क्याम्पसहरूमा लिइने भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष विपिन पौडेलले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरूबाट आएका गुनासोहरूलाई सम्बोधन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखासँग माग गरेका हुन् ।
आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए शैक्षिक आन्दोलन गर्ने उनको चेतावनी छ । पोखराका सम्पूर्ण शिक्षण संस्थाहरूले कुल विद्यार्थी संख्याको १० प्रतिशत जेहेन्दार तथा गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, एक पटक भर्ना भइसकेका विद्यार्थीसँग अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क लिन नपाइने र अतिरिक्त क्रियाकलापका नाममा कुनै पनि शुल्क उठाउन नहुने माग नेविसंघको छ ।
यस्तै, सामुदायिक विद्यालयहरूमा संविधानप्रदत्त निःशुल्क शिक्षाको हक कार्यान्वयन गर्दै कक्षा १२ सम्म लिइँदै आएको भर्ना तथा मासिक शुल्क पूर्ण रूपमा बन्द गरिनुपर्ने माग राखिएको छ ।
'हाम्रा मागहरू सम्बोधन नगरिए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रमहरू तय गरिनेछ र आवश्यक परे महानगरभित्रका विद्यालय बन्द समेत गरिनेछ', विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण