अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा न्यूनतम पारिश्रमिकको विरोध
शुक्रबार, ०२ साउन २०८२, १० : ५९
सारांश
- अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकको न्यूनतम पारिश्रमिकको विरोध गरेको छ।
- एमाले र कांग्रेस निकट ट्रेड युनियनहरूको मिलेमतोमा पारिश्रमिक निर्धारण भएको आरोप छ।
- संगठनले श्रमिकलाई धोका भएको भन्दै देशभरका श्रमिकलाई विरोधमा उत्रिन आह्वान गरेको छ।
काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घले भर्खरै निर्धारण गरिएको श्रमिकको न्यूनतम पारिश्रमिकको विरोध गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो सङ्गठनले धोकापूर्ण तरिकाबाट पारिश्रमिक निर्धारण भएको भन्दै विरोध गरेको हो ।
विज्ञप्तिमा नेकपा एमाले र कांग्रेस निकट ट्रेड युनियनहरूको मिलेमतोमा भएको सो निर्णयबाट श्रमिकहरूलाई गम्भीर धोका भएको समेत ठहर गरेको छ ।
साथै सो संगठनले धोकापूर्ण तरिकाबाट निर्धारण भएको पारिश्रमिकको जोडदार रूपमा विरोध गर्दै सो कपटपूर्ण कार्यको भण्डाफोर गर्न देशभरका सम्पूर्ण श्रमिकहरूसँग हार्दिक अपिल समेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण