कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
शुक्रबार, ०२ साउन २०८२, १२ : ५५
सारांश
- कालीगण्डकी नदीको कटानबाट जोगाउन म्याग्दीको बेनी नगरपालिका-१ लामगरामा तटबन्ध निर्माण गरिएको छ।
- सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले ७० लाख बजेटमा १५० मिटर तटबन्ध निर्माण गरेको हो।
- तटबन्ध निर्माणपछि लामगराका ५० परिवारले सुरक्षित महसुस गरेका छन् र खेतीयोग्य जमिनको संरक्षण भएको छ।
म्याग्दी । कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा रु ७० लाख बजेटबाट १५० मिटर तटबन्धन गरेको हो ।
उक्त कार्यालयका इञ्जिनियर नरजङ गुरुङका तटबन्धमा प्रयोग भएको ग्याबियन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ गरिएको छ ।
तटबन्धन गरिएपछि लामगराका ५० परिवारले सुरक्षित महसुस गरेका छन् । लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्याङ्की संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए । यो बस्ती सागसब्जीको पकेट क्षेत्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण