ईयूको प्रतिबन्धप्रति भारतको आपत्ति, ‘एकपक्षीय निर्णय स्वीकार्य छैन’
सारांश
- युरोपेली संघले भारतस्थित रुसी रिफाइनरीमाथि प्रतिबन्ध लगाएपछि भारतले आपत्ति जनाएको छ।
- भारतले एकपक्षीय निर्णयलाई अस्वीकार गर्दै अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्वप्रति प्रतिबद्धता जनाएको छ।
- नेटोका महासचिवले रुससँग व्यापार जारी राखे दोस्रो चरणको प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन्।
नयाँ दिल्ली । युरोपेली संघ (ईयू) ले भारतस्थित रुसी स्वामित्वको रिफाइनरीमाथि प्रतिबन्ध लगाएपछि भारतले पहिलोपटक आधिकारिक प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले उक्त प्रतिबन्धप्रति आपत्ति जनाउँदै एकपक्षीय निर्णयलाई अस्वीकार गर्ने जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भनेका छन्, ‘युरोपेली संघले हालै लगाएको प्रतिबन्धप्रति हाम्रो ध्यानाकर्षण भएको छ। भारत कुनै पनि एकपक्षीय प्रतिबन्धको समर्थन गर्दैन।’
उनले थपे, ‘हामी एक जिम्मेवार राष्ट्र हौँ र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत रहेका दायित्वप्रति पूर्ण प्रतिबद्धता जनाउँछौँ। भारत सरकार आफ्ना नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न ऊर्जा सुरक्षालाई अत्यन्त महत्त्वपूर्ण मान्दछ।’
शुक्रबार, युरोपेली आयोगकी उपाध्यक्ष काजा कलासले एक्समा लेखिन्, ‘हामी पहिलोपटक भारतमा रहेको रोसनेफ्टको सबैभन्दा ठूलो रिफाइनरीमाथि प्रतिबन्ध लगाउँदैछौं, जसमा फ्ल्याग रेजिस्ट्री पनि समावेश छ।’
ईयूले युक्रेन युद्ध सन्दर्भमा रुसविरुद्ध १८ औँ चरणको प्रतिबन्ध घोषणा गरेको हो। यस चरणमा १०५ वटा रुसी ‘स्याडो फ्लीट’ जहाजहरू र केही प्रमुख बैंकहरूलाई पनि निशाना बनाइएको छ।
कलासले अर्को पोस्टमा लेखेकी छन्, ‘यो रुसमाथिको अहिलेसम्मकै कडा प्रतिबन्ध हो। यसबाट क्रेमलिनको युद्ध खर्चलाई अझ सङ्कुचित बनाउने हाम्रो प्रयास जारी रहनेछ।’
यसैबिच, नेटोका महासचिव मार्क रुटले ब्राजिल, चीन र भारतजस्ता देशहरूलाई चेतावनी दिँदै भने, ‘यदि उनीहरूले रुससँग व्यापार जारी राखे, भने दोस्रो चरणको प्रतिबन्ध ती देशहरूमाथि लाग्न सक्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण