सुनसरीमा लागू औषधसहित पाँच जना पक्राउ
सारांश
- सुनसरीमा प्रहरीले लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
- कोशी गाउँपालिका र इनरुवा नगरपालिकाबाट ब्राउन सुगर, ट्रामाडोल र गाँजा बरामद गरिएको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गरी लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिनेछ।
सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। कोशी गाउँपालिका–१ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो।
यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान–१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा लागू औषध नियन्त्रण ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण