कथित प्रेमी निक जोनाससँग मुम्बई फर्किइन् प्रियंका चोपडा, फोटो खिच्न खोज्दा सिसामा कभर लगाइन्
शुक्रबार, ०८ असार २०७५, ११ : ४८
बलिउड नायिका प्रियंका चोपडा आफ्नो कथित प्रेमी निक जोनाससँग मुम्बई फर्किएकी छिन् ।
बिहिबार राती प्रियंकालाई अमेरिकी गायक निक जोनाससँग मुम्बई एयरपोर्टमा देखिएको भारतीय संचारमाध्यमले बताएका छन् ।
प्रियंकाले एयरपोर्टमा भएका फोटोग्राफर र मिडियासँग बच्ने पुरा कोसिस गरेको बताइन्छ । स्रोतका अनुसार दुबै झटपट एयरपोर्टबाट निस्किए र गाडीमा बसे । प्रियंका र निक गाडीमा सँगै बसेका देखिए । क्यामराबाट बच्नका लागि प्रियंकाले कारको सिसामा कभर चढाएकी थिइन् ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने प्रियंका र निक निकै सिरियस छन् र सम्बन्धलाई अर्को लेभलमा लैजान चाहन्छन् । निक र प्रियंका लिभइनमा बस्ने पनि बताइएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण