मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हार्दिक पाण्ड्याको नयाँ सम्बन्ध पनि टुट्यो

शनिबार, ०३ साउन २०८२, २१ : ११
शनिबार, ०३ साउन २०८२

सारांश

  • भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र ब्रिटिश गायिका जास्मिन वालियाको सम्बन्ध टुटेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ।
  • यी दुवैले एकअर्कालाई अनफलो गरेपछि उनीहरूको ब्रेकअपको खबर बाहिरिएको हो, तर कुनै आधिकारिक पुष्टि भएको छैन।
  • यसअघि पाण्ड्याको नताशा स्टानकोविचसँग सम्बन्धविच्छेद भएको थियो र उनीहरूका एक छोरा पनि छन्।

नयाँ दिल्ली । भारतीय टिमका स्टार अलराउन्डर हार्दिक पाण्ड्याको गत वर्ष सम्बन्धविच्छेद भएको थियो । नताशा स्टानकोविचसँग उनको सम्बन्ध टुटेको थियो । यसकारण पाण्ड्या निकै निराश थिए र उनले यो कुरा भारतले टी २० विश्वकप जितेपछि स्वीकार पनि गरेका थिए ।

पाण्ड्या कथित रूपमा एक नयाँ सम्बन्धतर्फ अघि बढिरहेका थिए र आफ्नो पीडा बिर्सिरहेका थिए, तर एक पटक फेरि उनको ब्रेक अप भएको छ । 

पाण्ड्याको यो सम्बन्ध केही महिनामै अन्त्य भएको हो । पाण्ड्याको नाम ब्रिटिश गायिका जास्मिन वालियासँग जोडिएको थियो । दुवै जना केही पटक सँगै देखिएका पनि थिए । यस्तोमा पाण्ड्याको मन सम्हालिएको र उनी फेरि प्रेम गर्न लागेको खबर आइरहेको थियो । तर अहिले पाण्ड्या फेरि निराश हुन पुगेका छन् । 

यसरी उठ्यो ब्रेकअपको हल्ला

पाण्ड्या र जास्मिन वालिया सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्थे । कैयौं मिडिया रिपोर्टहरूमा दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेको दाबी गरिएको छ । यही कारणले उनीहरुको ब्रेकअपको खबर बाहिरिएको हो ।

दुवैले एकअर्कालाई डेट गरिरहेको कुरा पुष्टि गरेका थिएनन् । ब्रेकअपको विषयमा पनि दुवैतर्फबाट कुनै आधिकारिक बयान आएको छैन । वालियालाई केही पटक मुम्बई इन्डियन्सको टिमसँग देखिएको थियो र उनी पाण्ड्यासँग पनि देखिएकी थिइन् । यही कारणले दुवैको निकटता देखेर अफेयरको चर्चा चलेको थियो, जुन सम्भवतः अब समाप्त भएको छ । 

पाण्ड्याका एक छोरा

पाण्ड्या र नताशाले कोभिड-१९ को समयमा सन् २०२० मा गोप्य रूपमा इन्गेजमेन्ट गरेका थिए र पछि एक इन्स्टाग्राम पोस्टमार्फत यसबारे जानकारी दिएका थिए । उनीहरुका एक छोरा पनि छन्, जसको नाम अगस्त्य राखिएको छ । छोराको जन्मपछि उनीहरुले दुई पटक विवाह गरेका थिए । पहिलो विवाह हिन्दु रीतिरिवाजअनुसार र दोस्रो विवाह क्रिश्चियन रीतिरिवाजअनुसार भएको थियो । यद्यपि, अहिले दुवै अलग भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप