शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: भुटानमाथि नेपालको गोल वर्षा, जसपा नेपालको ‘ब्रेकअप’

आइतबार, ०४ साउन २०८२, ०० : ००
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१ भुटानमाथि नेपालको गोल वर्षा

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार नेपालले भुटानमाथि गोल वर्षा गरेको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खेलमा नेपालले ८–० गोलले जित हात पारेको हो ।

२ .जसपा नेपालको ‘ब्रेकअप’

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालले एक हिसाबले ठुलासँगको नाता तोडेको देखिएको छ । नेपाली कांग्रेस– नेकपा एमाले मिली बनेको वर्तमान सत्ता गठबन्धनको सरकारलाई साथ दिएको जसपा नेपाल सरकारमा सहभागी नभए पनि सत्तापक्षकै कित्तामा थियो । तर बिहीबारबाट जसपा नेपालले त्यो ठाउँ पनि छाड्यो । 

३. आयोगको प्रतिवेदनलाई पीडितले मानेनन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको एक वर्षपछि सरकारले गठन गरेको छानबिन आयोगले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ। तर, दुर्घटनामा आफन्त गुमाएका पीडितले उक्त प्रतिवेदनले दुर्घटनाको समग्र पक्ष उजागर गर्न नसकेको भन्दै पुनः न्यायिक छानबिनको माग गरेका छन्।

४. पोलिटब्युरो बैठक

नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो । 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन् । उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे । 

६. स्वास्थ्य

प्रोटिन पनि हाम्रो शरीरका लागि एक अत्यावश्यक पोषक तत्त्व हो। यसको महत्त्व, स्रोत, र सेवनमा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बीएन्डबी अस्पतालकी डाइटिसियन अंशु बज्राचार्यसँग कुराकानी गरेका छौँ।

मानसिक रूपमा परिवारका सदस्य र श्रीमान्ले गर्भवतीलाई कसरी सहयोग गर्न सक्छन् ? यही विषयमा हामीले प्रसूति गृहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीसँग कुराकानी गरेका छन् ।

७. कोशीमा विचित्र विकास

झापाका निर्माण व्यवसायी कुमार उप्रेतीले पूर्वाधार विकास कार्यालय झापाबाट काम गरेको ५५ लाख रुपैयाँ पाउन बाँकी छ । उनले आफूले नियमानुसार ठेक्का लिएर काम गरिसकेको भएपनि भुक्तानी नपाएको गुनासो गरे । विभिन्न ४ वटा काम गरेको उनले बताए । 

८. प्रथम नेपाली महिला

‘प्रथम नेपाली महिला’ शृङ्खलाको ३० औँ एपिसोड सुनिता मलेकु (सानोमैयाँ) का सम्बन्धमा छ । उनी काठमाडौँ खिचापोखरीमा चर्खा प्रचारक महागुठी अन्तर्गत ‘नेपालको पहिलो सिलाइ प्रशिक्षण केन्द्र’ की ‘प्रथम प्रशिक्षिका’ हुन् । 

९. पहिलो प्रस्रव
साहित्यकार अपर्णा प्रधानको जीवन र साहित्यिक यात्राको बारेमा लेखिएको लेखमा उनको स्वास्थ्य अवस्था, संघर्ष र साहित्यिक योगदानको चर्चा गरिएको छ। लेखमा अपर्णाका छोराहरूले गरेको हेरचाह र श्रीमान्को साथको प्रशंसा गरिएको छ, साथै उनको पुस्तक ’पुनर्जन्म’बारे जानकारी दिइएको छ।

१० जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट यही श्रावण ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

११ शनिबार विशेष
रातोपाटीको शनिबार विशेष सामग्रीहरु :

१२. फोटोफिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप