पलेँटीमा सङ्गीतकार न्ह्यू बज्राचार्य
सारांश
- प्रसिद्ध संगीतकार न्ह्यू बज्राचार्यले पलेंटी सांगीतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन्।
- कार्यक्रममा बानिका प्रधानले गायनमा साथ दिनेछिन्, जुन २५ र २६ गते शुक्रबार र शनिबार आयोजना हुनेछ।
- बज्राचार्यका 'फूलको आँखामा', 'नआऊ सपनाभरि' जस्ता गीतहरू नेपाली स्रोतामाझ लोकप्रिय छन्।
काठमाडौँ । अंग्रेजी महिना जुलाइको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम–पलेंटीमा यस पटक प्रसिद्ध साङ्गीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन् । यही महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) आयोजना हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधानको गायनले साथ दिनेछ ।
कवि तथा गीतकार विप्लव प्रतीकले संचालन गर्ने कार्यक्रमका निम्ति सङ्गीतकार न्ह्यू बज्राचार्य र बानिका प्रधान पलेँटी टीमसँग अभ्यासमा जुटिरहेका छन् । न्ह्यू बज्राचार्य नेपाली साङ्गीतिक जगतका श्रोता, दर्शक बिच स्थापित नाम हो । उनले धुन भरेका अनेकौँ गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् । खासगरी बज्राचार्यले धुन भरेका– ‘फूलको आँखामा’, ‘नआऊ सपनाभरि’, ‘अरबौँ मान्छेरुमा’, ‘लैजा चरी’, ‘सयथरि बाजा’ लगायत अनेकौँ गीतलाई नेपाली श्रोता जगतले अत्यधिक रुचाएका छन् ।
नेपाली गायनकी अग्रज स्वर–शिल्पी अरुणा लामाले गाएको ‘यो मन त तलाउ हो’लाई पनि बज्राचार्यले धुन भरेका हुन् ।
‘न्ह्यू बज्राचार्य नेपाली सङ्गीतमा लामो समयदेखि क्रियाशील सिद्धहस्त सङ्गीतकार हुन् । उनका सृजनाले नेपाली सङ्गीतमा भिन्दै स्वाद स्थापित गरेका छन् । लोकप्रिय सर्जक न्ह्यूलाई पलेँटीमा निम्त्याउन पाउँदा मलाई साह्रै आनन्द अनुभूत भएको छ’ पलेँटी कार्यक्रम संयोजन गर्दै आएका सङ्गीतकार आभासले भने ।
पलेँटीमा आफ्नो प्रस्तुतिलाई स्मरणीय बनाउने कोसिस गर्ने संगीतकार बज्राचार्यले बताए ।
’असङ्ख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ । धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो । मसँग पलेँटीको दर्शक भएको अनुभव छ । तर यसपालि भने आफैँलाई गाउने मौका जुर्यो । साह्रै आनन्दित छु’ गायिका बानिकाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण