संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ संशोधन
सारांश
- संघीय निजामती सेवा विधेयकमा १६ वटा संशोधन प्रस्ताव राष्ट्रियसभामा दर्ता भएका छन्।
- प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा विवाद छ।
- विधेयकमा भएको गडबडीबारे छानबिन गर्न कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।
काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा १६ ओटा संशोधन प्रस्ताव परेका छन् । राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको हो ।
कुन– कुन सांसदले संशोधन हाले र के के विषयमा संशोधन हाले भन्ने विषय सोमबार मात्रै जानकारीमा आउने महाशाखाले जानकारी दिएको छ । अहिले दर्ता भएका संशोधनलाई एकीकृत गर्ने काम भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको विधेयकमा प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको भन्दै चर्को विवाद भएको छ ।
विधेयकमा कुलिङ अफ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएर समितिले काम सुरु गरिसको छ ।
समितिमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएपछि चलखेल देखिएको हो । त्यो चलखेल भएको भन्ने विषयमा सत्ता पक्ष र विपक्ष दुवै दल कन्भिन्स भएपछि छानबिन समिति बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण