बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा मन्त्री बन्दै सन्तोष पाण्डेय

आइतबार, ०४ साउन २०८२, २० : २२
आइतबार, ०४ साउन २०८२

सारांश

  • लुम्बिनी प्रदेशमा लोसपा नेता सन्तोषकुमार पाण्डेयलाई मन्त्री बनाउने तयारी छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले पाण्डेयलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ।
  • लोसपाका नेताहरूका अनुसार, पार्टी अध्यक्ष र मुख्यमन्त्रीबीच कुराकानी भइसकेको छ र मन्त्री बन्न अब ढिलाइ हुँदैन।

बुटवल । लुम्बिनी प्रदेशमा लोसपाका नेता सन्तोषकुमार पाण्डेयलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

पाण्डेयलाई मुख्यमन्त्री चेतनारायण आचार्यले सम्हालेको खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ । लोसपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पार्टी अध्यक्ष र प्रदेश मुख्यमन्त्री आर्चायबिच केही दिनअघि कुराकानी भएको र केही दिनमै पाण्डेय मन्त्री बन्ने रातोपाटीसँग बताए । 

उनले भने, ‘हाम्रो अध्यक्षज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भइसकेको छ, मन्त्री बन्न अब रोक्नुपर्ने कारण छैन ।’ लुम्बिनी प्रदेशमा साना दलका लागि सत्तागठबन्धनले मन्त्रालय खाली गरेर राखिएको छ । उक्त खाली ठाउँमा पाण्डेयलाई नियुक्त गर्ने तयारी गरिएको हो । 

अहिले लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित ५ मन्त्री, नेपाली कांग्रेसबाट ५ र जसपाबाट एक जना मन्त्री छन् । 

लोसपा लुम्बिनी प्रदेश मुख्य सचेतक हेमा बेल्लासेले पनि यसबारे पुष्टि गरिन् । लोसपाका लुम्बिनी प्रदेशका तीन सांसद छन् । 

मुख्यमन्त्री आचार्य भने हाल काठमाडौँ रहेका छन्। केही दिनमा उनी फर्किएपछि पाण्डेयको सपथ  ग्रहण गराइने एक प्रदेश मन्त्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप