मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)

सोमबार, ०५ साउन २०८२, ०९ : ५८
सोमबार, ०५ साउन २०८२

सारांश

  • अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्।
  • नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
  • कोशी राजमार्ग, मेची राजमार्ग, तमोर-कोरिडोर, कालिगण्डकी करिडोर, सहिद राजमार्ग, र जाजरकोट डोल्पा भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौँ । अविरलको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

प्रहरीको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसतै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा अवरोध रहेको छ ।

उता, लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोड डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । यसबाहेक पाँचवटा सडक खण्ड एकतर्फीरुपमा सञ्चालनमा रहेका छन् ।

519416441_1773526576582037_521752863149009570_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप