‘द कोस्बी शो’ का अभिनेता म्यालकम–जमाल वार्नरको निधन
मङ्गलबार, ०६ साउन २०८२, ०० : ३०
सारांश
- अमेरिकी अभिनेता म्यालकम-जमाल वार्नरको ५४ वर्षको उमेरमा कोस्टारिकामा डुबेर निधन भयो।
- उनी 'द कोस्बी शो' मा थियो हक्सटेबलको भूमिकाबाट चर्चित बनेका थिए।
- वार्नरले बाल कलाकारको रूपमा अभिनय यात्रा सुरु गरी संगीत र कवितामा पनि योगदान दिए।
काठमाडौँ । अमेरिकी अभिनेता म्यालकम–जमाल वार्नरको ५४ वर्षको उमेरमा निधन भएको छ। परिवारसँग कोस्टारिकामा बिदा मनाउने क्रममा डुबेर उनकाे मृत्यु भएको हो।
वार्नरले एनबीसीको चर्चित टेलिभिजन शृङ्खला ‘द कोस्बी शो’ मा थियो हक्सटेबलको भूमिकाबाट लोकप्रियता कमाएका थिए। सन् १९८४ देखि १९९२ सम्म प्रसारण भएको उक्त शृंखलामा उनले बाल कलाकारको रूपमा अभिनय गरेका थिए। उक्त भूमिकाका लागि उनलाई सन् १९८६ मा प्राइमटाइम एमी अवार्डको मनोनयन प्राप्त भएको थियो।
न्यू जर्सीमा जन्मिएका वार्नरले नौ वर्षको उमेरदेखि अभिनय यात्रा सुरु गरेका थिए। अभिनयसँगै उनी सङ्गीत र कविता क्षेत्रमा पनि सक्रिय थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण