मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
वर्षा

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा बढी वर्षा, अन्य प्रदेशहरूमा कस्तो छ अवस्था ?

मङ्गलबार, ०६ साउन २०८२, ०५ : ३२
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा भएको छ।
  • सिन्धुपाल्चोकमा ५०-५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ।
  • वर्षा गराउने बादल दक्षिण-पश्चिमतर्फ सर्दै गएकाले अब वर्षा कम हुने अनुमान छ।

काठमाडौँ। पछिल्लो १२ घण्टाको अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५०–५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको छ।

वर्षा गराउने बादल बिस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकोले अहिले ती क्षेत्रमा वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको विभागले जनाएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप