८१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा १५ खर्ब नाघ्यो
सारांश
- गत आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भयो, जुन अघिल्लो वर्षको तुलनामा १९.२४% ले बढी हो।
- आयात १३.२५% ले बढ्दा निर्यात ८१.८०% ले बढेको छ, तर व्यापार घाटा ६% ले वृद्धि भई १५ खर्ब नाघेको छ।
- आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोडको आयात र २ खर्ब ७७ अर्ब ३ करोडको निर्यात भएको छ।
काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो । यो वर्ष आयात १३.२५ प्रतिशतले बढेको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको विभागले जनाएको छ ।
यस्तै २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २ खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात भएको थियो भने १ खर्ब ५२ अर्ब ३८ करोड बराबरको निर्यात भएको थियो ।
निर्यात ८० प्रतिशतले बढे पनि देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण