एमालेको निर्णयसँगै पार्टी विभाजन गर्न खोज्नेहरूको सपनामाथि तुषारापात भयो : पौडेल
सारांश
- उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले विभाजनको प्रयास असफल भएको बताए।
- उनले राष्ट्रपति जस्तो पदमा रहेका व्यक्ति पार्टी राजनीतिमा आउनु उचित नहुने बताए।
- पौडेलले सरकार चौतर्फी हमलाका बाबजुद पनि आफ्नो मिसनमा अगाडि बढिरहेको बताए।
बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको सपनामाथि तुषारापात भएको बताएका छन् ।
मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसीन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेसँगै विभाजन चाहनेहरूको सपना तुहिएको बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलको आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।
“एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामाथि तुषारापात भएको छ”, पौडेलले भने,“पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्त्वहरू सपना विफल भएको छ ”।
अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको बताए ।
उनले देशलाई अस्थिर बनाइराख्ने तत्त्वहरूले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरू गरिरहेको उल्लेख गर्दै तर सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताए ।
उनले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण