करिब ५० जना सवार रुसी विमान बेपत्ता
बिहीबार, ०८ साउन २०८२, १२ : ५४
सारांश
- रुसको सुदूर पूर्व क्षेत्रमा एउटा विमान बेपत्ता भएको छ, जसमा ५० जना सवार थिए।
- विमान अमुर क्षेत्रको टेन्दा सहरको लागि उडेको थियो र गन्तव्य नजिकै हराएको हो।
- विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए, जसमा ५ बालबालिका पनि थिए।
मस्को । रुसमा एउटा विमान बेपत्ता भएको छ । बिहीबार २४ जना यात्रु क्षमता भएको सो विमान करिब ५० जना बोकेर रुसको सुदूर पूर्व क्षेत्रमा उडिरहेको थियो । विमानको खोजी कार्य जारी रहेको क्षेत्रीय गभर्नर भासिले ओर्लोभले भनेका छन् । उक्त विमानसँग एयर ट्राफिक कन्ट्रोलरले सम्पर्क गुमाएको छ ।
विमान साइबेरियास्थित अङ्गारा एयरलाइन्सको भएको स्थानीय आकस्मिक मन्त्रीले बताए । चीनसँगको सीमामा रहेको अमुर क्षेत्रमा रहेको टेन्दा सहरका लागि उडेको उक्त विमान गन्तव्य नजिकै पुगेर हराएको थियो ।
प्रारम्भिक तथ्याङ्कका अनुसार विमानमा ४३ जना यात्रु रहेको र यसमा पाँच जना बालबालिका समेत भएको ओर्लोभले बताए । विमानमा ६ जना क्रु मेम्बर रहेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण