शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चौथो पटक डाना कपमा रेफ्रीको जिम्मेवारी सम्हाल्दै लक्ष्मी श्रेष्ठ

बिहीबार, ०८ साउन २०८२, १५ : ०२
बिहीबार, ०८ साउन २०८२

सारांश

  • नेपाली महिला फुटबल रेफ्री लक्ष्मी श्रेष्ठले डेनमार्कमा हुने डाना कप २०२५ मा चौथो पटक निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन्।
  • उनले यो अवसरलाई अविस्मरणीय क्षणको रूपमा वर्णन गरेकी छिन्, र उनी एक दशकभन्दा लामो समयदेखि फुटबलमा सक्रिय छिन्।
  • धनगढीकी लक्ष्मी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएकी छिन्, र डाना कप युवा फुटबलको प्रतिष्ठित प्रतियोगिता हो।

धनगढी । डेनमार्कमा आयोजना हुने प्रतिष्ठित डाना कप २०२५ मा नेपाली महिला फुटबल रेफ्री लक्ष्मी श्रेष्ठले चौथो पटक निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन् । 

यो अवसरलाई उनले आफ्नो लागि एक अविस्मरणीय क्षणको रूपमा वर्णन गरेकी छिन्। एक दशकभन्दा लामो समयदेखि फुटबल क्षेत्रमा सक्रिय उनी एक अनुभवी र सम्मानित रेफ्रीको रूपमा परिचित छिन्।

धनगढी उपमहानगरपालिका–५, हसनपुरकी स्थायी बासिन्दा लक्ष्मी श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा बारम्बार नेपालको प्रतिनिधित्व गर्दै आएकी छिन्। 

डाना कप विश्वकै एक प्रतिष्ठित युवा फुटबल प्रतियोगिता हो। जुन सन् १९८२ देखि निरन्तर आयोजना हुँदै आएको छ ।

  यस प्रतियोगितामा विश्वका ४५ भन्दा बढी देशका एक हजारभन्दा बढी युवा फुटबल टोलीहरूको सहभागिता रहने गर्दछ। यस्तो ठुलो प्रतियोगितामा नेपाली रेफ्रीले बारम्बार अवसर पाउनु नेपालकै लागि गौरवको विषय बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप