अन्तरिक्ष स्टेशनतर्फ अमेरिका, जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा
सारांश
- नासा र स्पेसएक्सले २०२५ जुलाई ३१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ मानवयुक्त मिसन प्रक्षेपण गर्ने तयारी गरेका छन्।
- मिशन फ्लोरिडाबाट प्रक्षेपण हुनेछ र अगस्ट २ मा आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ, जसमा विभिन्न देशका अन्तरिक्ष यात्रीहरू सहभागी हुनेछन्।
- यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालित हुनेछ, जसले निजी क्षेत्रसँगको सहकार्यलाई बढावा दिन्छ।
लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको आगामी ‘मानवयुक्त मिसन’ सन् २०२५ जुलाई ३१ मा प्रक्षेपण गर्ने तयारी गरेका छन् ।
नासाले बिहीबार दिएको जानकारीअनुसार यो मिसन फ्लोरिडास्थित नासाको केनेडी अन्तरिक्ष केन्द्रबाट अमेरिकी पूर्वी समय अनुसार दिउँसो १२ः०९ बजे प्रक्षेपण गरिनेछ । अन्तरिक्ष यानले शनिबार, अगस्ट २ तारिखको बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ ।
‘क्रू–११’ नाम दिइएको यस मिसनमा नासाका अन्तरिक्ष यात्री जिना कार्डम्यान र माइक फिन्के, जापानको एयरोस्पेस अनुसन्धान संस्थान (जेएएकसए) का किमिया युई तथा रसियाको रोस्कोसमोस अन्तरिक्ष संस्थाका ओलेग प्लातोनोभ सहभागी हुनेछन् । यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालन हुन लागेको ११औं मानवयुक्त अभियान हो ।
कमर्शियल क्रू कार्यक्रम संयुक्त राज्य अमेरिका स्थित अन्तरिक्ष संस्था नासाले सुरु गरेको एक विशेष पहल हो, जसको उद्देश्य निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म मानवसहितको यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी तरिकाले सम्पन्न गर्नु हो ।
यस कार्यक्रम अन्तर्गत नासाले स्पेसएक्स र बोइङ जस्ता निजी कम्पनीहरूलाई आफ्नो अन्तरिक्ष यान विकास गर्न प्रोत्साहन दिएको छ, जसबाट सरकारी मात्र नभई व्यावसायिक साझेदारमार्फत पनि अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने सुविधा सुनिश्चित गरिएको छ । यसले अमेरिका भित्रैबाट अन्तरिक्ष यात्राको स्वदेशी क्षमतामा वृद्धि गर्दै आएको छ, साथै अन्तरिक्ष अन्वेषणलाई दिगो र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण