‘नाथे सदस्यता हाउँरोमा फालाफाल: विद्या भण्डारीलाई लक्षित हर्क साम्पाङको व्यङ्ग्य
सारांश
- एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गर्यो।
- धरानका मेयर हर्क साम्पाङले एमालेको निर्णयप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिए।
- भण्डारीले एमालेको निर्णयलाई चुनौती दिँदै आफ्नो राजनीतिक जीवनमा रोक लगाउन नसकिने बताइन्।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई नेकपा एमालेले सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।
शुक्रबार साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्, ‘विद्या भण्डारी ज्युलाई एमालेले सदस्यता दिएन। अब म पार्टी खोलेर दिनुपर्यो सदस्यता। नाथे सदस्यता हाउँरोमा फालाफाल। ३ करोड सदस्य बनाउने सोचमा छु।’
पछिल्लो समय नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई औपचारिक सदस्यता नदिने निर्णय गरेको थियो। सो निर्णयअनुसार उनलाई सक्रिय राजनीतिमा फर्कन अनुमति नदिने उल्लेख गरिएको छ।
तर, शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले उक्त निर्णयलाई खुलेर चुनौती दिँदै आफ्नो राजनितिक जीवनमा रोक लगाउने कसैको अधिकार नभएको बताएकी थिइन् ।
उनको यो अडानपछि राजनीतिक वृत्तमा एमालेको निर्णय र भण्डारीको चुनौतीले बहस चर्किएको छ। त्यसै सन्दर्भमा हर्क साम्पाङको कटाक्षपूर्ण पोस्टले विवादमा थप रङ भरेको देखिन्छ।
साम्पाङ सामाजिक सञ्जालमा सधैँ सक्रिय रहन्छन् र जनभावनालाई प्रतिनिधित्व गर्ने मुद्दामा स्पष्ट अभिव्यक्ति दिने नेताका रूपमा उनले आफ्नो छबि बनाएका छन् । केही दिनअघि मात्र उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित जग्गा प्रकरणको विषय उठाउँदै स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रले पनि राष्ट्रिय ध्यान खिचेको थियो।
उनको पछिल्लो व्यङ्ग्यात्मक टिप्पणीले एमाले–भण्डारी विवादलाई थप तिखो बनाएको छ भने सामाजिक सञ्जालमा उनका अभिव्यक्ति फेरि एक पटक ‘भाइरल’ बनेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण