एसी मिलानसँग लिभरपुल पराजित, कीर्तिमानी खेलाडी विर्ट्जको डेब्यु फिक्का
सारांश
- लिभरपुल एसी मिलानसँग ४-२ गोलले पराजित भयो, जसमा विर्ट्जले पहिलो पटक सुरुवाती-११ मा स्थान बनाए।
- खेलमा डार्विन नुनेज चोटका कारण अनुपस्थित थिए भने लुइस डियाजलाई भविष्यको अड्कलबाजीका कारण टोलीमा राखिएन।
- खेलको अतिरिक्त समयमा गाक्पोले गोल गरे पनि, गोलकिपरको गल्तीले मिलानको जित सुनिश्चित गर्यो।
हङकङ । लिभरपुलका कीर्तिमानी खेलाडी फ्लोरियन विर्ट्जले आफ्नो नयाँ क्लबका लागि पहिलो पटक सुरुवाती-११ मा स्थान बनाएको खेलमा आर्ने स्लटको टोली एसी मिलानसँग पराजित भएको छ ।
हङकङको खचाखच भरिएको काई टाक स्टेडियममा नेपाली समयअनुसार शनिबार साँझ सकिएको मैत्रीपूर्ण खेलमा लिभरपुलले ४-२ गोल अन्तरले हार बेहोरेको हो ।
यद्यपि लिभरपुलको टोलीमा डार्विन नुनेज र लुइस डियाज भने अनुपस्थित थिए । ह्युगो एकिटिकेको आगमन र न्युक्यासल युनाइटेडका अलेक्जेन्डर इसाकलाई क्लबमा भित्र्याउने प्रयासपछि यी दुई खेलाडीले क्लब छाड्न सक्ने अड्कलबाजी चलिरहेको छ ।
खेलपछि प्रशिक्षक स्लटले नुनेज चोटका कारण खेलमा सहभागी नभएको तर कोलम्बियाका फरवार्ड डियाजलाई 'उनको भविष्यबारेको अड्कलबाजीका कारण' टोलीमा नराखिएको बताए ।
खेल सुरु हुनुअघि लिभरपुलका महान् खेलाडी सर केनी डाल्ग्लिसले दिवङ्गत खेलाडी डियोगो जोटाको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए । यसै महिना स्पेनको जामोरा प्रान्तमा आफ्ना भाइ आन्द्रे सिल्भासँग कार दुर्घटनामा ज्यान गुमाएका पूर्वसहकर्मीको सम्झनामा खेलाडीहरूले 'डिएगो जे २०' लेखिएको जर्सी लगाएका थिए ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले खेलको सुरुवाती १० मिनेटमा प्रभुत्व जमाए पनि इटालियन टोली एसी मिलानले पहिलो गोल गर्यो । राफेल लिआओले काउन्टर अट्याकमा एलिसन बेकरलाई छलाउँदै गोल गरेका थिए । लगत्तै, डोमिनिक सोबोस्लाईले बक्सको ठीक बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै माइक मेनियानको गोलपोस्टमा बललाई जाली चुमाएपछि खेल बराबरीमा आएको थियो ।
दोस्रो हाफको सुरुमै इंग्ल्यान्डका मिडफिल्डर रुबेन लोफ्टसले गोल गर्दै मिलानलाई पुनः अग्रता दिलाए । लिभरपुलको डिफेन्स फेरि चुकेको फाइदा उठाउँदै नोआ ओकाफोरले लिभरपुलका नयाँ जर्जियन गोलकिपर जियोर्जी मामार्डासभिलीलाई पार गर्दै एक उत्कृष्ट गोल थपे र खेल ३-१ को स्थितिमा पुर्याए ।
खेलको अतिरिक्त समयमा कोडी गाक्पोले इब्राहिमा कोनाटेको सुन्दर पासमा हेडमार्फत एक गोल फर्काएका थिए । तर गोलकिपर मामार्डाशभिली र कोस्टास सिमिकासीबिचको तालमेल नमिल्दा भएको गल्तीको फाइदा उठाउँदै ओकाफोरले व्यक्तिगत दोस्रो गोल गरे र मिलानको ४-२ को जित सुनिश्चित गरे ।
अब लिभरपुल जापान भ्रमणमा जानेछ र बुधबार योकोहामा एफ मारिनोससँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण