‘मर्निङ वाक’मा हात्तीसँग जम्काभेट भएपछि ...
सारांश
- दमक नगरपालिका-१ मा 'मर्निङ वाक' मा रहेका दुई महिलालाई जङ्गली हात्तीले आक्रमण गर्यो।
- हात्तीको आक्रमणबाट ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई घाइते भए, सुनिताको अवस्था गम्भीर छ।
- आर्थिक वर्ष २०८१/८२ मा झापामा हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ।
झापा । ‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका दुई महिला जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका छन् । घाइते हुनेमा दमक –१ ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीसँग उनीहरुको आज बिहान जम्काभेट भएको थियो । उनीहरुलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ । उनीहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ ।
घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो । झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रैथाने हात्ती बस्दै आएका छन् ।
जङ्गल छेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् । निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र मर्निङ वाकमा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ ।
एक वर्षमा छ जनाको मृत्यु
आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा छ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट सात जना मानिस घाइते भएका थिए भने चारवटा हात्ती मृत भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण