अमेरिकामा बोइङको विमान ठुलो दुर्घटनाबाट जोगियो
सारांश
- डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना हुनबाट जोगियो।
- ल्यान्डिङ गियरमा समस्या आएपछि विमानको पछाडिको भागमा आगो लाग्यो, १७३ यात्रु र ६ चालक दलका सदस्य थिए।
- घट्नामा ६ जना घाइते भए, एफएए र एयरलाइन्सले घटनाको अनुसन्धान सुरु गरे।
डेन्भर । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो। यस क्रममा विमानको पछाडिको भागमा आगो लाग्यो। यो उडान मियामी जाँदै थियो।
यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा जम्मा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडहरू मार्फत बाहिर निकालिएको थियो।
दुर्घटनापछि ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।
जुन १२ मा अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमान बोइङ कम्पनीकै थियो। बोइङ ७८७-८ विमान उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण