राम्रोसँग चल्न नसकेका विद्युत् उपभोक्ता संस्थालाई प्राधिकरणको जिम्मा लगाउनुस्: ऊर्जामन्त्री खड्का
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले राम्रोसँग सञ्चालन नहुने विद्युत उपभोक्तालाई महासंघलाई जिम्मा लगाउन आग्रह गरे।
- मन्त्री खड्काले देशभित्रै विद्युत उत्पादन गरी खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन आग्रह गरे।
- सामुदायिक विद्युत् उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसको अवसरमा मन्त्रीले यस्तो आग्रह गरेका हुन्।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत् उपभोक्ताहरूलाई नेपाल विद्युत् महासङ्घलाई जिम्मा लगाउन आग्रह गरेका छन् । आज सामुदायिक विद्युत् उपभोक्ता महासङ्घको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गरेका हुन् ।
उनले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराए । त्यस्ता संस्थालाई संस्थाको रोजगारी, लगानी, हिसाबकिताब सबै प्राधिकरणको जिम्मा लगाउन उनको सुझाव छ ।
कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत् उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासङ्घलाई आग्रह गरे।
नेपाल विद्युत् उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण