जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ।
- काठमाडौँको बुढानीलकण्ठमा ७ जना र कास्कीको लेकसाइडमा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूबाट नगद र तास समेत बरामद गरिएको छ, र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ र कास्कीबाट १६ जना पक्राउ परेका हुन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका–६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रुपैयाँ सहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेका अवस्थामा रेस्टुरेन्टका सञ्चालक पोखरा महानगरपालिका–२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रुपैयाँ, ५ हजार ५ सय भारतीय रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण