अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना
सारांश
- डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले दिन नसकिने बताइन्।
- बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा र मर्जको स्थितिलाई मध्यनजर गर्दै लाइसेन्स वितरण तत्काल नहुने उनको भनाइ छ।
- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति र नियमनमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न प्रयास गरिरहेको छ।
काठमाडौँ । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रस्ट पारेकी छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भए पनि अहिले नै लाइसेन्स बाँड्न सक्ने स्थिति नरहेको बताएकी हुन्।
ढुंगानाका अनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । उनले कतिपय बैंकहरूमा समस्या भएका कारण अरूमा मर्ज गरिएको बताइन् ।
उनले भनिन्, ‘कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो । २ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरुको सङ्ख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव छैन।’
ढुंगानाका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तर प्रयासरत छ । बैंंक तथा वित्तीय संस्थाहरूको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको उनको भनाई छ ।
बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधीकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलब्धिका विषयहरू रहेको उनले बताइन् ।
डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘२ वर्षअघि १५–१८ को हाराहारीमा बैंकहरु हुनुपर्छ भनेर राष्ट्र बैंकले नै रिपोर्ट निकालेका थियौँ । अब होइन होइन । अब फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँ ल्याउन दिने कुरा हुँदैन । हामीले अध्ययन नगरी, कुनै आधार नभई कुनै पनि कुरामा ह्वात्तै अघि बढ्न सक्दैनौँ । डिजिटल बैंकको सन्दर्भमा छुट्टै प्रकृतिको आवश्यक हो भने अध्ययन गरेर संस्थाहरू खुलाउनु पर्छ । बजेटमा पनि आएको छ । यसमा हामी पोजेटिभ नै छौँ । सबै कुरालाई हेरेर मात्रै निर्णय लिनुपर्छ ।’
कोभिड र त्यसपश्चात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरूका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताउँदै अर्थतन्त्रका सूचकहरू गत वर्ष सङ्कुचनमा रहे पनि अहिले भने बिस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगानाले जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण