दीप जो अझै बलिरहेको छ
घडीको सुई झैँ थर्थराएको अन्तिम सासको अठोट
माइला, यो दीप बालेँ म
तँ उज्यालो बनिस् भने
अँध्यारोले थाक्नेछ ।
त्यसै दिन एउटा बीउ चुपचाप उम्रिएको थियो
माटोभित्र क्रान्तिको जरा गाड्दै
न रुवाइ थियो त्यो, न हाँसो
थियो केवल वाचा
रगतले लेखिने शपथको बीउ
राणाका दरबार थिए इँटा
जुन सिसा थिएन
भत्काउन सजिलो थिएन
तर त्यो बीउ
लहरा बनेर अंकुरायो
र अन्ततः झिल्के बन्यो ।
जनताको फाटेको मनमा
मलम लगाउन
उनी नेलमा सजिए
तर त्यहाँ थियो सत्यको प्रतिबिम्ब
विचारको शक्ति च्यातिएको थिएन ।
कलकत्ताको धुवाँभित्र
एउटा भेट भयो
अजय चक्रवर्तीको आँखामा पढिएको एक दर्शन
जसले 'पार्टी' होइन
'आस्था' जन्मायो ।
विचारको तेलले बल्ने
पुष्पलाल बने दीप
उनले अनुवाद गरे घोषणापत्र
तर शब्दहरू मात्र होइन
विचारको मुटु अनुवाद भयो
नेपाली आत्मामा ।
बन्दीपुरमा उनी बीउ जस्तै बिउँझिए
सोभियत, चीन सबै यात्राहरू
तिनै जरा फिँजाउने प्रयास थिए
शून्यमा हराएको सपनाको
नक्सा कोर्न ।
तर जब पञ्चायतले कालो बादल ओढ्यो
उनी आकाश भए
गर्जन भए
भूमिगत पृथ्वी भए
जहाँ सपना धेरै बाँकी थिए
अन्ततः साउन ७
भौतिक शरीरमा लाग्यो बिन्दु
तर विचारमा लागेन पूर्णविराम
जसको रेखा अझै निरन्तर छ
हाम्रो आत्माभित्र बगिरहेको छ ।
उनी मरेनन्
उनी दुबो बनेर उम्रिरहेका छन्
हाम्रै छातीभित्र
हरपल एक प्रश्नको रूपमा
दीप बालेका थियौँ
विचारको उज्यालो छर्न
के तिम्रो सपना
पूरा भएको छ आज ?
-खजुरा बाँके
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण