कोशीका मुख्यमन्त्रीले गरे एक वर्षे उपलब्धि सार्वजनिक
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको भन्दै १४ उपलब्धि सार्वजनिक गरेका छन् ।
आफ्नै फेसबुक पेजमा सार्वजनिक गरेको विवरणमा पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरिएको छ ।
कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले बताए । उनका अनुसार यो प्रगतिले प्रदेश सरकारको कार्यक्षमता र सुशासनप्रतिको प्रतिबद्धता देखाउँछ ।
प्रदेशले गत वर्षको तुलनामा राजस्व सङ्कलनमा ७.२६ प्रतिशतले वृद्धि गरेको छ। आर्थिक वातावरणलाई थप प्रोत्साहन गर्न यस वर्ष आयोजित लगानी सम्मेलन सफल भएको र १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजनाहरू लगानीका लागि आउने चरणमा रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।
यस्तै लगानीको वातावरण बनाउन उद्योगहरूका लागि जग्गा रजिस्ट्रेसनमा ७५ प्रतिशत छुट दिने घोषणा गरिनु, एक वर्षमा ११४ किलोमिटर सडक कालोपत्रे हुनु, ५२ किलोमिटर नयाँ ट्र्याक खोलिनु, सडक ग्राभेल १५२ किलोमिटर गर्नुलाई मुख्यमन्त्रीले उपलब्धि मानेका छन् ।
यस्तै प्रदेश सरकारले एक वर्षमा पक्की पुल १६ वटा निर्माण हुँदा झोलुङ्गे पुल २९ वटा निर्माण गरेको जनाएको छ ।
मुख्यमन्त्री कार्कीले स्विस सरकार र स्थानीय तहसँगको सहकार्यमा २ अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको, यस वर्षलाई ‘पर्यटन वर्ष’ घोषणा गरी भारतबाट आउने पर्यटकलाई नाकामा स्टिकर लगाएर सहज रूपमा घुम्ने वातावरण बनाइएको छ उल्लेख गरेका छन् ।
यस्तै सवारी लाइसेन्स पास गरेर पनि कार्ड नपाउने समस्याको अन्त्य गर्दै कर तिर्ने बित्तिकै अस्थायी लाइसेन्स दिने व्यवस्था गरिएको, ६ महिनामै आयोजना बैंकमा ५० हजारभन्दा बढी आयोजना दर्ता भएको, उद्यमशीलता प्रवर्द्धन गर्न ‘उदय परियोजना’ मार्फत ३० लाखदेखि ३ करोडसम्म बिनाधितो ऋण दिने र बैंकको ब्याज सरकारले तिरिदिने व्यवस्था गरेको, सामाजिक न्यायतर्फ बालविवाह मुक्त प्रदेश अभियान र मुसहर समुदायका लागि ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गरिएको कार्कीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण