आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार-
१. कानुन, न्याय तथा मानव अधिकार समिति
दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ।
२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
बिहान १० बजे सुरु हुने यस समितिको बैठकमा "भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२" मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।
३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
उक्त समितिको बैठकमा "मिडिया काउन्सिल विधेयक, २०८०" का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ।
४. सार्वजनिक लेखा समिति
बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।
५. विधायन व्यवस्थापन समिति
बिहान ११:३० बजे बस्ने ९९औँ बैठकमा "जलस्रोत विधेयक, २०८१" माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण