कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड अपचलन भएको सीआईबीको निष्कर्ष
सारांश
- सीआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटालाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
- अनुसन्धान अनुसार बैंकका सञ्चालक र पदाधिकारीहरूले ३ अर्ब २० करोड रुपैयाँ अपचलन गरेका थिए।
- प्रहरीले १ सय ८ जनालाई मुद्दा चलाउन राय दिएको छ, जसमा बैंकका अध्यक्ष र अन्य पदाधिकारीहरू संलग्न छन्।
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटालाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पुरा गरेको छ । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय, बाँकेमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
बैंकको सञ्चालक समितिका ३ जना अध्यक्ष र पदाधिकारीहरू मिलेर सो बैंकको ३ अर्ब २० करोड रकम अपचलन गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । कर्णाली डेभलपमेन्ट बैंक बाँकेको नेपालगन्जमा सञ्चालित छ । बैंक घोटालाबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा नेतृत्वको टोली नेपालगन्ज गएको थियो ।
प्रहरीले १ सय ८ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । ३ जना सञ्चालक समितिका अध्यक्षहरू, ८ पदाधिकारी, ४ जना शेयर धनी र ४० जना ऋणीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न राय दिइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् । प्रहरीले १०४ जनालाई फरार कायम गर्न सिफारिस गरेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको सीआईबीका एआईजी चन्द्र कुबेर खापुङले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धान प्रतिवेदन हामीले बुझाएका छौँ, मुद्दा अभियोजनको प्रक्रियामा गएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण