प्रतिकूल मौसमले दुई युवकको शव काठमाडौँ ल्याउन समस्या
काठमाडौँ । प्रतिकूल मौसमको कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित गोसाईंकुण्डमा डुबेर ज्यान गुमाएका दुई जनाको शव काठमाडौँ ल्याउन समस्या भएको छ ।
लगातारको वर्षाको कारण सो क्षेत्रमा हेलिकप्टर पुग्न असम्भव भएपछि सोमबार शव काठमाडौँ पठाउन समस्या भएको रसुवाका डीएसपी हेम बहादुर शाहीले रातोपाटीलाई बताए ।
आइतबार स्नान गर्ने क्रममा मोरङ बेलबारी घर भएका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल डुबेर बेपत्ता भएका थिए । उनीहरूको शव तीर्थ यात्री बस्न बनाइएको पाटीमा राखिएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
बेपत्ता दुई जनाको शव सेनाको श्रीनाथ गण सुरक्षा पोस्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले सोमबार बिहान गोसाईंकुण्डबाट निकालेको हो ।
मौसम सफा भएपछि शव पोष्टमार्टका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण