बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

को हुन् गोली हानेर न्यूयोर्कमा चार जनाको हत्या गर्ने शेन तामुरा ?

मङ्गलबार, १३ साउन २०८२, १३ : ३५
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • न्यूयोर्कको म्यानह्याटनमा एक व्यक्तिले एम४ राइफल प्रयोग गरी गोली चलाउँदा केही व्यक्तिको हत्या भयो।
  • आक्रमणकारीले भवनको ३३ औँ तलामा गोली हानेर आत्महत्या गर्नुअघि केही व्यक्तिलाई गोली हानेका थिए।
  • प्रहरीले आक्रमणकारीको मानसिक स्वास्थ्य र उनले किन उक्त स्थानलाई निशाना बनाए भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

वासिङ्टन डिसी । न्यूयोर्कको म्यानह्याटनमा सोमबार गोली चल्यो । २७ वर्षका शेन डेभन तामुराले मिडटाउनमा रहेको ३४५ पार्क एभेन्यूमा सोमबार कार्यालय समय सकिने बेलातिर एम४ राइफलले जथाभावी गोली हानेर केही व्यक्तिको हत्या गरे । 

भवनको ३३ औँ तलामा अरु केही मान्छेलाई गोली हानेपछि उनले आफैँमाथि गोली हानेर आत्महत्या गरे । तामुरा नाभेदा बस्थे । उनले यस्तो कदम किन चाले भनेर अनुसन्धान सुरु गरेको अधिकारीहरूले तामुरालाई मानसिक रोग भएको बताएका छ । अहिलेसम्म यस घटनामा मृतक एक जनाको मात्रै पहिचान खुलेको छ । 

तामुरासँग लास भेगासको ठेगाना पुष्टि गर्ने कागज थियो भने उनको नाममा एउटा बीएमडब्ल्यू भेटिएको छ । कारभित्र अनुसन्धानकर्ताहरूले बन्दुक राख्ने केस, गोली र लोड गरिएको रिभल्भर भेटेको न्यूयोर्कका प्रहरी आयुक्त जेसिका टिशले बताएकी छिन् । कारमा उनलाई प्रिस्काइब गरिएको औषधि पनि भेटिएको तर यो कस्तो खालको औषधि हो भनेर टिशले खुलाएकी छैनन् । तामुरा सोही बीएमडब्लयू बोकेर देशभर घुमेको अधिकारीहरूले बताए । शनिबार कोलोराडोमा रहेको सो कार आइतबार नेब्रीस्का र आईओवामा थियो । सोमबार घटनाको दिन साँझ ४ः२४ मा यो न्यूजर्जीमा थियो । 

त्यहाँबाट कार न्यूयोर्क छिरेको टिशले बताइन् । सेक्युरिटी भिडियोमा आक्रमणकारी पार्किङमा राखिएको बिएमडब्लयूबाट एम४ बन्दुक बोकेर आइरहेको देखिन्छन् । उनी भवनको लबीमा छिरेर न्यूयोर्क प्रहरी विभागका एक अधिकारीलाई गोली हान्छन् । त्यसपछि उनले पिल्लरको पछाडि लुकिरहेकी महिलालाई गोली हान्छन् । त्यसपछि एलिभेटर चढेर ३३ औँ तलामा जान्छन् अनि अर्का एक जनाको गोली हानेर हत्या गर्छन् ।

 यस भवनमा वित्तीय सेवा प्रदायक कम्पनी, केपीएमजी, अमेरिकी वैकल्पिक लगानी व्यवस्थापक कम्पनी ब्ल्याकस्टोन लगायतको अफिस थियो ।  उनले यही ठाउँलाई किन निशाना बनाएर भनेर आफूहरूले बुझ्ने कोशिश गरिरहेको टिशले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप