चार दिनदेखि बेपत्ता पुरुषको शव फेला
धनगढी । कैलालीमा चार दिनदेखि बेपत्ता भएका २८ वर्षका पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको छ । बेपत्ता रहेका गौरीगंगा नगरपालिका—६, बनबेहडाका टेक बहादुर रोकाया मंगलबार मृत फेला परेका हुन् ।
मङ्गलबार दिउँसो गौरीगंगा—३ र चुरे गाउँपालिका–४ को बिचमा रहेको जंगलको शिवगंगा खोलाको किनारमा अड्केको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
मङ्गलबार गोठालोले उनको शव फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक दानसिंह भण्डारीकाे कमाण्डमा सात जनाको प्रहरी टोली र मृतक रोकायाकी श्रीमती र केहि स्थानीय घटना स्थलमा पुगे ।
घटनास्थलमा पूर्वपश्चिम राजमार्गबाट करिब दुई घण्टा टाढा जङ्गलमा छ । जहाँ गाडी, मोटर जाँदैनन्। उनीहरू दुई घण्टा पैदल हिँडेर घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा शव पुरै सडेगलेको अवस्थामा थियो। श्रीमती र स्थानीयले उनी रोकाया भएको पत्ता लगाए। अहिले प्रहरीले घटनास्थल कार्य सकेको छ ।
‘शव सडेगलेको भएकाले बोकेर ल्याउनुपर्ने अवस्थामा गाह्रो पर्ने भएपछि चौमालाबाट ट्याक्टरमा प्लाष्टिक ल्याउन भनिएको छ, प्लाष्टिक ल्याउन फेरि दुई घण्टा हिँडेर सडकसम्म पुगिन्छ, त्यसपछि प्लाष्टिकमा बोकेर अस्पतालमा लग्ने भन्ने छ, यहाँबाट शव ल्याउन राति १२ बज्छ होला, धेरै टाढा हिँड्नुपर्ने छ,’ प्रहरी निरीक्षक भण्डारीले भने ।
गत साउन १० गते शनिबार दुई जना साथीहरूसँगै बासको तामा खोज्न चुरे गाउँपालिका–४ स्थित तल्ला रौला जङ्गल गएका उनी हराएका थिए । सँगै गएका साथीहरूका अनुसार, दिउँसो पानी खान मुहानतर्फ जाँदा रोकायालाई कुरिरहन भनेर छाडिएकोमा फर्किएर आउँदा उनी त्यहाँ भेटिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण