प्रतिबन्धित औषधसहित भारतीय नागरिक पक्राउ
सारांश
- बारामा प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
- प्रहरीले सिम्रौनगढ नगरपालिकाबाट १०,३८० क्याप्सुल ट्रामाडोलसहित उनलाई पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा भारत, बिहारका ५० वर्षीय मन्जन साह उर्फ उपेन्द्र साह रहेका छन्।
काठमाडौँ । एक हजार ३८ पत्ता (कुल १०,३८० क्याप्सुल) प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगन्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८२ साल श्रावण १३ गते साँझ ७:३० बजे सिम्रौनगढ नगरपालिका–६ स्थित पावरहाउस चौकदेखि ५०० मिटर पूर्व नहर छेउबाट उनलाई पक्राउ गरेको हो।
बीआर ०५ बी के ७०३५ नम्बर प्लेटको होण्डा साइन मोटरसाइकलमा सवार ती व्यक्ति सिम्रौनगढतर्फ आउँदै गरेको अवस्थामा रोकी चेकजाँच गर्दा, मोटरसाइकलको लेगगार्डमा बाँधिएको बोराबाट ट्रामाडोल लेखिएको १०३८ पत्ता लागू औषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्ला अन्तर्गत जितना थाना क्षेत्रको अगर्वा ग्रामपञ्चायत–६, कोडीगावा टोल निवासी ५० वर्षीय मन्जन साह उर्फ उपेन्द्र साह रहेका छन्।
हाल उनीसहित बरामद मोटरसाइकल र लागू औषध नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण