अस्करको ‘साधना घर’मा मञ्चन हुँदै ‘दोरुम्बा’
बुधबार, १४ साउन २०८२, १० : ०९
सारांश
- अस्कर कलेजमा 'दोरुम्बा' नाटक साउन १५ गतेदेखि मञ्चन हुने भएको छ, जसले द्वन्द्वकालको कथा प्रस्तुत गर्छ।
- नाटक माओवादी द्वन्द्वकालमा जनताको पीडालाई चित्रण गर्ने विषयमा केन्द्रित छ, जसलाई सुमनकुमार वाग्लेले लेखेका हुन्।
- युदीप सिटौलाको निर्देशनमा तयार भएको यो नाटक साउन १५ देखि २४ गतेसम्म दैनिक साँझ ५:१५ बजे र शनिबार दिउँसो १:१५ बजे मञ्चन हुनेछ।
काठमाडौँ । दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै आएको अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा यही साउन १५ (बिहीबार)देखि नाटक ‘दोरुम्बा’ मञ्चन हुने भएको छ । माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बिचमा पिसोलिएका जनताको कथा पेस गर्ने नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन् ।
कलेजका विभिन्न ब्याचका विशेषतः अभिनय विशिष्टीकरणका विद्यार्थीहरूको संलग्नता रहेको नाटकलाई १६औँ ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन् । साउन १५ देखि २४ गतेसम्म हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुने नाटक शनिबारका दिन भने १ः१५ बजेको अतिरिक्त समयमा पनि मञ्चन हुनेछ ।
साधना–घरमा यसअघि आधा दर्जनभन्दा बढी नाटकहरू मञ्चन भइसकेका छन् भने भविष्यमा पनि निरन्तर मञ्चन हुने कलेजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण