प्यालेष्टाइनलाई बेलायतले राज्यको मान्यता दिने
सारांश
- बेलायतले प्यालेष्टाइनलाई राज्यको रूपमा मान्यता दिने तयारी गरेको छ।
- इजरायलले गाजाको अवस्थामा सुधार नगरे सेप्टेम्बरमा यो निर्णय लिइनेछ।
- इजरायलका प्रधानमन्त्री नेतन्याहुले बेलायतको कदमको विरोध गर्दै यसलाई हमासलाई पुरस्कार भनेका छन्।
लन्डन । बेलायतले प्यालेष्टाइनलाई राज्यको रूपमा मान्यता दिने भएको छ । इजरायलले गाजाको दयनीय अवस्था अन्त्य गर्न उल्लेख्य कदम चालेन भने सेप्टेम्बरमा गाजालाई राज्यको रूपमा मान्यता दिइने बेलायतका प्रधानमन्त्री किर स्टार्मरले भनेका छन् ।
इजरायलले दुई राज्य समाधान दिन युद्धविराम गर्ने, दीर्घकालीन शान्तिप्रति प्रतिबद्धता जनाउने अनि संयुक्त राष्ट्र सङ्घलाई सहायता आपूर्ति सुचारु गर्न दिने जस्ता अन्य शर्त पनि पूरा गर्ने पर्ने उनको भनाइ छ । होइन भने बेलायतले सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको महासभामा आवश्यक कदम चाल्ने उनले बताए ।
स्टार्मरको यो अभिव्यक्ति पछि इजरायलका प्रधानमन्त्री बेन्यमिन नेतन्याहुले बेलायको यस्तो कदमले हमासको राक्षसी आतङ्कवादलाई पुरस्कार मिल्ने भनेका छन् ।
यस अघि बेलायत सरकारले शान्ति प्रक्रियाको हिस्साअन्तर्गत अधिकतम प्रभाव पर्ने भयो भने मात्रै राज्यको मान्यता दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण