करेन्ट लागेर २ जनाको मृत्यु
बुधबार, १४ साउन २०८२, १३ : ५४
सारांश
- चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा दुर्घटना भएको थियो।
- उदयपुरमा विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
- प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगर बस्ने ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बस्ने ४५ वर्षीय रामकृष्ण धामीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । विद्युतको पोलमा चढी विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण