निलम्बित बीमा प्राधिकरणका अध्यक्ष ओझाको रिट हेर्न नमिल्ने इजलासमा
सारांश
- नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुनर्बहालीको माग गर्दै रिट दायर गरे।
- सर्वोच्च अदालतको इजलासमा परेको रिट हेर्न नमिल्ने सूचीमा राखिएको छ।
- ओझाले गैरकानुनी छानबिन र निलम्बनविरुद्ध रिट दायर गरेका थिए।
काठमाडौँ । निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफ्नो पुनर्बहालीको माग गर्दै दायर गरेको रिट हेर्न नमिल्ने इजलासमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलास इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो ।
शरद ओझाले साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले सरकारले आफूमाथि गैरकानुनी रूपमा छानबिन समिति गठन गरेको र आफू निलम्बनमा परेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
ओझाले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, र आफूमाथि छानबिन गर्न गठित छानबिन समितिका अध्यक्ष पूर्वन्यायाधीश कृष्ण गिरी, तथा समितिका सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई विपक्षी बनाएका छन् ।
मन्त्रिपरिषद्को बैठकले ओझाको योग्यतामाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका हुन् ।सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा उक्त छानबिन समिति गठन गरेको हो । ओझामाथि योग्यताबारे फर्जी कागजात पेश गरेर अध्यक्ष नियुक्त भएको आरोप लाग्दै आएको छ ।
सरकारले अर्को व्यवस्था नहुँदासम्मको लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण