बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)
सारांश
- वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।
- रसुवाको गोसाईंकुण्डमा बाढीले मितेरी पुल बगाउँदा नेपाल-चीन नाकाको यातायात बन्द छ।
- सिन्धुपाल्चोक, संखुवासभा, बागलुङ, रुकुम पश्चिम र रोल्पाका राजमार्गहरूमा पहिरोका कारण यातायात अवरुद्ध छ।
काठमाडौँ । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बिहीबार १०ः २० बजेसम्मको अद्यावधिक विवरण अनुसार सात राजमार्ग पूर्ण रूपमा र पाँच राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।
विवरणअनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाउँदा यातायात पूर्णरूपमा ठप्प छ । सोही जिल्लाको गोसाईकुण्ड–३ को पासाङल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिका –२ कोदारी अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यसैगरी, संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोसी राजमार्ग, बागलुङ नगरपालिका –१० दब्ल्याङस्थित कालिगण्डकी करिडोर, रुकुम पश्चिमको आठबीस नगरापालिका–६ रिजिगारमा भेरी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिका–५ हतारबाँसस्थित घोराही–रुकुम शहीद राजमार्गमा पहिरोले यातायात ठप्प छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण